कार्यकर्तालाई ओलीको १६ पन्ने सर्कुलर ! हेर्नुहोस् के–के छ, सर्कुलरमा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २७, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष २७,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहलाई १६ पृष्ठ लामो आन्तरिक सर्कुलर जारी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पुस २२ गते अन्तरपार्टी निर्देशन पठाएका हुन् । निर्देशनमा प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटनपछिको अवस्थालाई समेटेका छन् । उनले जारी गरेको निर्देशनमा अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा उल्लेख गरिएको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै सत्तारुढ दल नेकपामा विभाजित भएको हो । उक्त विभाजनसँगै एक पक्षको नेतृत्व प्रचण्ड–माधव समूहले गरिरहेको छ भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन् । राष्ट्रपति भण्डारीले संसद विघटनसँगै २०७८ साल वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी छिन् ।

सर्कुलर हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

oli

ताजा अपडेट

खोजी गर्नुहोस