ओली शासन : भनेको नमानेको भन्दै निर्वाचन आयोगका सहसचिवको सरुवा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २९, बुधबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पुस २९, काठमाण्डौ । नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको छ ।

आयोगमा दशौं वर्षदेखि काम गरिरहेका कर्मचारीहरुको सरुवा नभइरहेका बेला आयोगमा जिम्मेवारी सम्हालेको १० महिनामै गौतमको भने नेपाल कानुन आयोगमा सरुवा भएको आयोगको उच्च स्रोतले जानकारी दियो । उनको ठाउँमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई ल्याइएको छ । गौतमले गत फागुनमा आयोगको कानून शाखामा जिम्मेवारी सम्हालेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस