प्रचण्ड–नेपाल समुह कांग्रेस फकाउँदै : देउवालाई सत्ताको ललीपप चुस्ने मोह !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन थालेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल समूहले सत्तासाझेदारीको ललीपप देखाएर कांग्रेसलाई फकाउन लागेको हो ।  गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई असंवैधानिक भन्दै नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु पुनर्स्थापनाको माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

तर, प्रतिनिधि सभा विघटनकै दिन घोषणा गरिएको आउँदो वैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचनको तयारीमा निर्वाचन आयोग लागिपरेको छ । यही माघमै दल दर्ताका लागि आह्वान गर्ने तयारीमा आयोग छ ।

ताजा अपडेट

खोजी गर्नुहोस