माघ २, काठमाण्डौ । नेकपाको स्थायी कमिटी बैठक शुक्रबार पनि पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको छ । बैठक बिहान ११ बजेलाई तय भएको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । यसपटकको अध्यक्षता पार्टीका समान वरीयताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
आज बस्ने बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक आजै सक्ने तयारी रहेको अध्यक्ष नेपालले जानकारी दिएका छन् । पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ ।