वैशाखमा मध्यावधी चुनाव गराउन नसक्ने निर्वाचन आयोगको निष्कर्ष

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १४, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । तोकिएको समयमा निर्वाचन आयोगले निर्वाचन गराउन नसक्ने जनाएको छ । सर्वोच्च अदालतमा मुद्धा विचाराधीन अवस्थामा रहेको र त्यहाँबाट फैसला ढिलो भए आयोगलाई समय अभाव भएको भन्दै सरकारले तोकेको समयमा निर्वाचन गराउन नसक्ने जनाकारी दिएको हो ।

सरकारी उच्च स्रोतले दिएको जानकारी अनुसार आयोगलाई निर्वाचन तयारीका लागि ९० दिनको समय आवश्यक पर्ने भएकाले सर्वोच्च अदालतबाट मुद्धा समयमा फैसला नहुँदा समय अभाव देखिएको जनाएको छ । निर्वाचन आयोगले निर्वाचन तयारीका लागि म्यादी प्रहरी भर्ना, सुरक्षा बजेटको आवश्यकता, निर्वाचन सम्बन्धी जनचेतना सम्बन्धी कार्यक्रम सञ्चालन तथा निर्वाचन कुन मोडालिटीमा गराउने र त्यसको आवश्यक तयारीका लागि चाहि व्यवस्थापनका समय अभाव हुने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संसद विघठन गरेर वैशाख १७ गते र २७ गते आम निर्वाचनको मिति तोकिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस