काठमाडौंका मालपोत, नापी र आन्तरिक राजश्व कार्यालयहरूमा चरम बेथिति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २१, बुधबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाडौ । काठमाडौंका मालपोत, नापी र आन्तरिक राजश्व कार्यालयहरूमा चरम बेथिति हुने गरेको फेला परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको छड्के निरीक्षणका क्रममा यस्तो पाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज नापी कार्यालय डिल्ली बजार, मालपोत तथा भूमिसुधार कार्यालय डिल्ली बजार, नापी कार्यालय कलङ्की, मालपोत कार्यालय कलङ्किकी र आन्तरिक राजश्व कार्यालय कलङ्की गरि ५ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको हो ।

नापी कार्यालय कलङ्केका ५९ जना मध्ये प्रमुख नापी अधिकृत कार्यालय प्रमुख सहित १७ जना गैर हाजिर रहेको, मालपोत कार्यालय कलङ्मकी ४९ जना मध्ये मालपोत अधिकृत सहित ३ जना गैर हाजिर रहेको, नापी कार्यालय डिल्लीबजारमा २३ जना मध्ये २ जना गैर हाजिर रहेको, आन्तरिक राजश्व कार्यालय कलङ्कीमा २९ जना मध्ये ९ जना गैर हाजिर रहेको र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा १२ जना गैर हाजिर रहेका साथै २० जना कर्मचारीले नेपाल सरकारले तोकेको ड्रेस कोडको पालना नगरेको पाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस