प्रचण्डविरुद्धको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २१, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाण्डौ । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा कारण देखाऊ आदेश भएको छ । अधिवक्ता समिर हायूले गत सोमबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका थिए ।

प्रतिनिधि सभा विघटनबारे परेका रिटमाथि सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइलाई प्रभावित गर्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको दाबीसहित अधिवक्ता हायूले रिट हालेका हुन ्। उक्त रिटमाथिको पेसीको समय मंगलबारलाई तोकिए पनि समयाभावका कारण बुधबार कारण देखाऊ आदेश भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस