प्रचण्ड–माधव समूहले भन्यो–’हामीले ट्याक्सीमा आगजनी गरेका होइनौँ, घुसपैठ भयो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २२, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २२,काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दाबी गरेको छ । सो समूहका राष्ट्रिय युवा संघका संयोजक दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दावी गरेका छन् ।

‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन । आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना ’ उनले भने

बिहानै अज्ञात समूहबाट गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो भने सो आगजनीको विषयलाई लिएर सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस