माघ २२, सप्तरी । नेकपा प्रचण्ड–नेपाल पक्षद्वारा सरकारले संविधानलाई वेवास्ता गर्दै संबैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको बिरोधमा आहवान गरेको आम हड्तालका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्द आह्वानका कारण जिल्लाबाट लामो तथा छोटो दुरीका चल्ने यातायात संचालनमा आएनन् । फाटफुट रुपमा भने मोटरसाइकल र सिटि रिक्सा गुडेका थिए । अधिकांश बजारहरु बन्द रहे । फाटफुट रुपमा खुलेका पसलहरु पनि प्रदर्शनकारीले बन्द गराएका छन् ।