जनतासंग माफी माग्दै प्रचण्ड-माधव समूहले स्वेतपत्र जारी गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २३, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ २३,काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड-माधव समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन् । माधव–प्रचण्ड समुहले अहिलेसम्म गरेको गल्तीको जनतामाझ माफी मागेर अघि बढ्ने तयारी समेत गरेको छ ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘ कहाँ त्रुटि भयो ? किन समयमै यो प्रवृत्तिलाई रोक्न सकेनौं ? भन्ने आत्मसमीक्षा गर्दैछौं ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस