ओली समूहको काठमाडौंमा आज आमसभा, दर्जनभन्दा बढी स्थानबाट जुलुस निकालिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २३, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाण्डौ । नेकपाको ओली समूहले आज माघ २३ काठमाडौंमा आमसभा गर्दै छ । दिउँसो १२ बजे नारायणहिटी दरबारअगाडि सुरु हुने सभाका लागि उसले हिजैदेखि तीव्र तयारी गरिरहेको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सभाअघि राजधानीका दर्जनभन्दा बढी स्थानबाट र्‍याली निकालिनेछ ।

उनका अनुसार बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल वायु सेवा निगमअगाडि, त्रिपुरेश्वर गौशाला, माइतीघर, पुतलीसडक लैनचौर, सोह्रखुट्टे नयाँ रोडलाई र्‍यालीको प्रमुख रुट तोकिएका छन् । यसैगरी काठमाडौँ जिल्ला र महानगरपालिकाअन्तर्गत टेकु, वसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर र पुरानो बानेश्वरबाट र्‍यालीमा सहभागी हुनेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस