चन्द्रागिरी नगरका मेयर आफैं झाडु लिएर सडकमा आएपछि…

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २५, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २५, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा चन्द्रागिरि नगरपालिका अन्तर्गतको कलंकी नागढुङ्गा पीपलामोड सडक खण्डको सरसफाई तथा डिभाइडरमा पानी हाल्ने र बोट विरुवा संरक्षण गर्ने कार्यको शुभारम्भ भएको छ । नगरपालिकाले गरेको खुला प्रस्तावना आह्वान पश्चात्को प्रतिस्पर्धाबाट मातृभूमि संरक्षण प्रा लि ले हप्तामा एक दिन कलंकी नागढुङ्गा पीपलामोड सडक खण्डको सडकपेटीसहित राजमार्गको सरसफाई गर्ने ज़िम्मेवारी पाएको छ ।

साथै युवा कृषक बहुउद्देशीय सहकारी संस्थाले हप्तामा कम्तीमा ३ पटक डिभाइडरको विरुवामा पानी हाल्नुपर्ने र दैनिक विरुवा संरक्षण गोडमेल गर्ने जिम्मेवारी पाएको छ । कार्यक्रम संचालन विशेष अतिथि नगरप्रवक्ता हरिभक्त महर्जनले गरेका थिए । कार्यक्रममा वडा नं २ का वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, महानगरीय प्रहरी वृत थानकोटका प्रमुख, सशस्त्र प्रहरी बल नीलबाराही गणका प्र नि,श्री बृजिङ् महाशाखा थानकोटका क्याप्टेन, नगरपालिकाका कर्मचारी तथा समाजसेवीहरुको उपस्थित तथा सहभागीता रहेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस