प्रदेशसभाको बैठक कार्यसूचिमा प्रवेश नगरी पुनः स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २६, सोमबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २६, विराटनगर । प्रदेशसभाको आइतबारको बैठक कार्यसूचिमा प्रवेश नगरी पुनः स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव टेवुल गर्ने कार्यसूचि तय गरेको थियो । तर, बैठकको कारवाही आरम्भ हुनुपूर्व नै सत्तारुढ दलका सरकार पक्षधर छ जना सांसदले आशन ग्रहण नगरी उठेर विरोध जनाएका थिए । सभामुख प्रदीपकुमार भण्डारीले बस्न आग्रह गरे पनि आसनग्रहण नगरेपछि बैठक फागुन ९ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठक माघ ७ गते करिब ३ मिनेट बसेर स्थगित भएको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवादका कारण प्रदेशसभा लामो समयदेखि बन्धक बन्दै आएको छ । चालू अधिवेशनको पहिलो बैठक बसेको १८ दिनपछि आव्हान गरेको दोश्रो बैठक पनि सत्तापक्षकै अवरोधका कारण झण्डै दुई साताका लागि स्थगित हुन पुगेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस