नेतृ झाँक्रीलाई पक्राउ पूर्जी ! निवासबाटै गिरफ्तार गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २९, बिहिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २९ काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनलाई राज्यविरुद्धको अपराध अन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरिएको हो ।

यतिबेला झाक्रीको घरमा प्रहरी पसेको छ प्रहरीले उनीसंग छलफल गरिरहेको छ । झाँक्रीका समर्थक एवम् प्रचण्ड(माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

अनेरास्ववियुका नेताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती लामालगायत रामकुमारीको निवास शंखमुलमा भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय प्रहरी महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस