चैत्र ४, काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा साढे नौ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट नौ हजार ५ सय ५१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा रहेका छन् । त्यहाँ दुई हजार सात सय ९८ जनाको मृत्यु भएको छ भने ८४ हजार एक सय २४ जना संक्रमित थपिएका छन् । यसैगरी पछिल्ला केही दिनमा मृत्युदरमा कमी आएको अमेरिकामा आज फेरि एक हजार एक सय ३४ जनाको मृत्यु भएको छ ।
यस्तै रुसमा चार सय ४३ जना, भारतमा एक सय ८७ जना, इटालीमा पाँच सय दुई जना, फ्रान्समा तीन सय ३८ जना, जर्मनीमा तीन सय १६ जना, स्पेनमा एक सय ४१ जना, मेक्सिकोमा दुई सय ३४ जना, अर्जेन्टिनामा दुई सय जना, कोलम्बियामा एक सय २५ जना, पोल्यान्डमा तीन सय ७२ जना, युक्रेनमा दुई सय ६४ जना, इन्डोनेसियामा एक सय ८० जना, दक्षिण अफ्रिकामा एक सय ३९ जना, चेक रिपब्लिकमा एक सय २८ जना, रोमानियामा एक सय ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।