घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई प्रतिप्रश्‍न गर्दै स्पष्टिकरण बुझाए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १८, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र १८, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई प्रतिप्रश्‍न गर्दै स्पष्टिकरण पत्र बुझाएका छन् । यसअघि नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले नेता भुसालसहित चार नेतालाई स्पष्टिकरण सोधेका थिए । यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले पनि प्रतिप्रश्‍नसहित स्पष्टिकरण पत्र बुझाएका थिए । उक्त स्पष्टिकरण नकारात्मक र पार्टी हित विपरीत भएको भन्दै पार्टी अध्यक्ष ओलीले नेपाल र रावललाई कारबाही गरेका छन् ।

मंगलबार भुसालले स्पष्टिकरण पत्र बुझाएका हुन् । उनले बुझाएको स्पष्टिकरण पत्रमा प्रधानमन्त्री ओलीले पार्टीको विधान, विधि र पद्धतिको उल्लंघन गर्दै पार्टीको बैठक बोलाएर निर्णय गरेको आरोप लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस