सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीको योग्यता विवादमा सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र १८, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत १८ काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । उक्त विवाद बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि तोकिएको छ ।

२८ फागुनमा बसेको न्यायपरिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालसँगै सुवेदीलाई पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । तर सर्वोच्च अदालतको न्यायाधीशका लागि सुवेदीको योग्यता नपुगेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायपरिषदविरुद्ध चैत १३ गते रिट दिएका थिए ।

१) नेपालको संविधान २०७२ को धारा १२९ ९५० मा सर्वोच्च अदालतको न्यायाधीशका लागि ४ वटा योग्यता तोकिएको छ ।

२) कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा पाँच वर्ष काम गरेको ।

३) कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्पनीमा १५ वर्ष निरन्तर वकालत गरेको ।

४) कम्तीमा पन्ध्र वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविदको रुपमा ख्याति प्राप्त गरेको ।

५) न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कम्तीमा बाह्र वर्ष कम गरेको ।

तर, सुवेदीले उच्च न्यायाधीशको रुपमा ३ वर्ष तीन महिना ३ दिन मात्रै काम गरेको र राजपत्रांकित प्रथम श्रेणीको पदमा जम्मा ९ वर्ष १० महिना १५ दिन काम गरेको रिट निवेदकको दावी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस