स्पष्टीकरणको जवाफ पठाइरहनुको औचित्य छैन: मन्त्री आङ्बुहाङ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र १९, बिहिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत १९ विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि मन्त्री बनेका आङ्बुहाङले स्पष्टीकरणको जवाफ नदिने भएका हुन् ।

‘जवाफ पठाइरहनुको औचित्य छैन अब पठाउँदा पनि केही हुनेवाला छैन,’ उनले भने, ‘अर्को दलमा गइसकेका कारण विधान अनुसार उहाँहरुले गर्नुभएको हो, पत्रको जवाफ दिने, नदिने कुराले के औचित्व राख्छ र रु’ उनले स्पष्टीकरण पत्र आफूले अध्ययन पनि नगरेको बताए ।

दलको विधान विपरित काम गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । २४ घण्टाको अवधिमा पत्र नपठाएका उनले जवाफ लेख्नुको औचित्य पनि नभएको बताए ।

‘पार्टीको अनुमतिमा अर्को दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो रु,’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘प्रदेशसभा संसदीय दलको विधान २०७७ को धरा ११९५०, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ ९१० र ३२ ९२० खको प्रतिकूल तपाईंको गतिविधि देखिएकाले तपाईंलाई यस दलको सदस्यसमेतबाट पदमुक्त किन नगर्ने रु’

प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठक चैत २३ गते बस्दैछ । माओवादी केन्द्रको संसदीय दलको नेता त्याग गर्दै एमाले प्रवेश गरेर मन्त्री बनेका आङ्बुहाङलाई बैठक अघि नै पदमुक्त गर्ने तयारी माओवादीले गरेको छ ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जवाफ नआए पदमुक्त गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराउने बताए । पदमुक्त भए उनी सांसदको हैसियतमा प्रदेशसभा बैठकमा सहभागी हुन पाउने छैनन् ।

२३ गतेको प्रदेशसभा बैठक अघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने उनले बताए । बैठक शुरु भएपछि अविश्वासको प्रस्ताव पनि फिर्ता लिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस