नेपाल समूहको दुई महिने अभियान घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २१, शनिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र २१, काठमाडौ । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताको पक्षमा दुई महिने अभियानको घोषणा गरेको छ । कलंकीको एक पार्टी प्यालेसमा शुक्रबार र शनिबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता योगेश भट्टराईले विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने बताए ।

‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने भट्टराईले बताए । यसक्रममा अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने उनको भनाइ छ । माधव नेपाल लगायतका नेताहरुमाथि गरिएको कारवाहीको अर्थ नहुने समेत उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस