सरकार परिवर्तनको अन्तिम कसरत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २३, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २३, काठमाडौ । नेपाल कांग्रेसको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच संवाद अघि बढेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू २०७४ को आम निर्वाचनबाट संसदीय अंकगणितमा सानो आकारमा खुम्चिएको र आफ्नो दलले चाहँदैमा सरकार परिवर्तन हुने सम्भावना नभएकाले विपक्षमा बस्ने बताएका थिए ।

दुई ठूला कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै दल बनिसकेपछि कांग्रेसले नयाँ सरकार गठनको सम्भावना खुला राख्नुपर्ने पार्टीको दबाबलाई स्वीकार गर्दै देउवाले जनता समाजवादी लगायतसँग वार्ता गर्ने जिम्मेवारी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिएका छन् । सरकार परिवर्तनमा निर्णायक देखिएको जनता समाजवादी भने अहिलेसम्म अनिर्णीत नै छ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सरकार परिवर्तनका सम्बन्धमा के गर्ने भन्ने सम्बन्धमा दुई–चार दिनभित्र ठोस निर्णयमा पुग्ने बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस