पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र २३, सोमबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र २३, काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि नेविसंघले प्रदर्शन गरेको हो । नेविसंघका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीपछि जनजीवन सामान्य बन्दै गएका बेला सरकारले मूल्यवृद्धि गरेर जनताको शोषण गरिरहेको बताए ।

आयल निगमले आइतबार रातिदेखि लागूहुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस