अमेरिकाको नेब्रास्कामा गोली चल्दा दुई घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख ५, आईतबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

वैशाख ५ काठमाडौं । संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो । गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइते एक व्यक्तिको स्वास्थ्य अवस्था निकै नाजूक रहेको बताइएको छ । अर्का व्यक्ति भने सामान्य घाइते अवस्थामा छन् । दुबैको अस्पतालमा उपचार भइरहेको छ । गत बिहीबार राति इन्डियानापोलिसको फेडएक्स कार्यालयमा भएको गोली काण्डमा आठ जनाको मृत्यु भएको थियो ।

अधिकारीहरुले उक्त गोली काण्डका मुख्य शंकास्पद व्यक्तिले आत्महत्या गरेका जनाएको छ । –सिन्ह्वा

ताजा अपडेट

खोजी गर्नुहोस