बैशाख १९, काठमाण्डौ । लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आइतबारबाट सुरू हुँदैछ । अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची छ । गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेका थिए ।
त्यसलगत्तै मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपा सांसदलाई समेटेर यसबीचमा मन्त्रिमण्डल विस्तार पनि गरेका छन् । जसपाबाट चार जना मन्त्री बनेका थिए ।