प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् बैठक आह्वान, थप प्रतिबन्धबारे छलफल गर्न ४ बजे बस्दै !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख १९, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख १९, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । कोरोना भाइरसको महामारी फैलंदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्दै छ ।

बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । सीसीएमसीको शुक्रबार बसेको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नेदेखि भारतसँगको सीमा नाका बन्द गर्नेसम्मको सिफारिस गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस