लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा चार मन्त्री नियुक्त !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २०, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाण्डौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव छन् । चौधरी र रिजाल एमाले सांसद हुन् । पाण्डे र यादवलाई जनता समाजवादी पार्टीले सांसदबाट निष्कासन गरिसकेको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार, चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय पाण्डेले पाएका छन् । रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस