बैशाख २०, काठमाडौ । काठमाडौंमा १ हजार शैयाको अस्थायी कोभिड अस्पताल बनाउन प्रधानमन्त्री ओलीले नेपाली सेनालाई निर्देशन दिएका छन् ।
जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताए बताउँदै वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिट्री अस्पतालसहित काठमाडौं उपत्यका धेरै शैया भएका ठूला सरकारी र निजी अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने समेत बताए । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।