बैशाख २२, काठमाडौ । प्रमुख प्रतिपक्षी कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा उभिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा असफल पार्ने निर्णय गरेको हो ।
बैठकपछि सहमहामन्त्री डा प्रकाशशरण महतले विश्वासको मतलाई विफल बनाउन पहल गर्ने निर्णय भएको बताए ।