बैशाख २४, काठमाण्डौ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत जुटाउन पहल गने निर्णय गरेको छ । बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीपकुमार ज्ञवालीले आउँदो २७ गतेको संसद अधिवेशनमा प्रधानमन्त्रीका लागि विश्वासको मत जुटाउन अरु दलसँगको छलफललाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।