राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २४, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौ । वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।
वाग्मती प्रदेशबाट निर्वाचित भएकामध्ये रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त भएको हो । माओवादी केन्द्रबाट निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो । मतदान ६ गते हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस