बैशाख २५, काठमाण्डौ । कोरोनाबाट संक्रमित हुने सांसदको संख्या १९ पुगेको छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाका १८ जना सदस्य र राष्ट्रिय सभाका एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै संसद सचिवालयका १ सय ४१ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै १६० जनामा कोरोना संक्रमण देखिएको सचिवालयले जनाएको छ ।
वैशाख २२,२३ र २४ गते संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।