बैशाख २६, काठमाण्डौ । कोरोनाभाइरसको महामारीका कारण विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित गरिएको छ ।
विवेकशील साझाले जेठ अन्तिम साता एकता महाधिवेशन गर्ने तयारी गरेको थियो । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत २४ मंसिरमा एकता गर्दा ६ महीनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।