जसपाको निर्णय कुर्दै दलहरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख २९, काठमाडौ । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी जसपा गम्भीर मोडमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराईलगायत कांग्रेस–माओवादी गठबन्धनसँग जोडिन पुगेका छन् ।

यही क्रममा ठाकुरले सोमबार राति निकालेको वक्तव्यले राजनीतिमा नयाँ तरंग ल्याएको छ । आन्दोलनको क्रममा लागेकाको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधनलगायत सवालमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रूपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस