बैशाख २९, काठमाडौं । नेकपा एमालेको झलनाथ–माधव पक्षका प्रत्यक्ष निर्वाचित २० जना सांसद्ले राजीनामा दिने भएका छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले सुनुवाई नगरेपछि विकल्पमा विपक्षी गठबन्धनको सरकार निर्माणमा सहज बनाउन राजिनामा गर्ने निश्कर्षमा पुगेका हुन् । जसपामा महन्थ ठाकुर पक्ष ओलीको विकल्प नखोज्ने कुरामा दृढ भएपछि ओलीको विकल्प नआउने भएकाले नेपाल पक्षले यस्तो निर्णय लिन लागेको हो ।