बैशाख ३१, काठमाडौ । विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र– बाबुराम पक्ष दिर्घकालिन रुपमा सहकार्य गर्न सहमत भएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संविधानको रक्षा र लोकतन्त्रका लागि दिर्घकालिन रुपमा सहकार्य गर्ने समझदारी बनाएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।