बैशाख ३१, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको कारण अभाव भएको अक्सिजन भनसूनको आधारमा नभई आवश्यकताका आधारमा दिनका लागि निर्देशन दिएका छन् । प्रधानमन्त्री पदको सपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका लागि सरकारले सबै संयन्त्रको परिचालन गर्ने बताए ।
उनले आफू नेतृत्वको सरकार देश र जनताप्रति दृढ वफादार भई काम गर्ने र सपथका वाक्यको पूर्ण पालना गरेर काम गर्ने बताउँदै अक्सिजनको आपूर्तिमा सम्झौता गर्न नपाइने बताए ।