जेठ १, काठमाडौँ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव र डा बावुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीतिको समसामयिक विषय, सत्तासमीकरणका लागि भएका गतिविधि, पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयनका विषयमा छलफलका लागि बैठक बोलाइएको बताइएको छ ।
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले शुक्रबार बैठक बोलाई नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । सो बैठकमा यादव पक्ष सहभागी भएका थिएनन् । जसपाको कार्यकारिणी समितिमा ५१ सदस्य छन् । जसपाका दुवै पक्षले आफूसँग बहुमत भएको दाबी गर्दै आएका छन् ।