जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा कार्यदल निर्माण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ २, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाण्डौ । २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न नेकपा एमालेमा दुवै पक्ष सम्मिलित कार्यदल बनेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले दुवै पक्ष सम्मिलित कार्यदल बनाएको हो ।

कार्यदलमा ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै माधव नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस