जेठ ३, काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने अम्मरबहादुर थापाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय संहालेका छन् ।
त्यसैगरी, कुर्मराज शाही भूमिव्यवस्था, कृषि तथा सहकारी एवं सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकु मन्त्री बनेका छन्। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी भने गोपाल शर्मालाई दिइएको छ ।