अत्याबश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ४, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाण्डौ । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठद्वारा दायर रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो ।

संविधानको धारा ३५ ले सबै नागरिकलाई राज्यबाट आधारभूत, स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने हकको प्रत्याभूति गरेको भन्दै सर्वोच्चले कोभिड–१९ महामारीका कारण सर्वसाधारण अक्सिजन, आधारभूत औषधि र अन्य स्वास्थ्योपचार प्राप्त गर्न नपाइ स्वस्थ जीवनको हकबाट समेत वञ्चित हुनुपरेको अवस्था आएको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस