विश्व प्रकाश शर्मा भन्छन्-‘मृत्युसँग जुधिरहेका जनतालाई मध्यावधि निर्वाचन निर्मम उपहार’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ८, शनिबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले जनता महामारीसँग जुधिरहेका बेला गरिएको निर्वाचन राष्ट्रपति र प्रधानमन्त्रीलाई महंगो पर्ने बताएका छन् । मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै निर्वाचनको घोषणा गरेपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो’ शर्माले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राखेका छन्, बुझि राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्री जी, महाव्याधिका बेला मध्यावधिको रंगिन सपना महंगो पर्नेछ’ राष्टपति र प्रधानमन्त्रीले गरेको संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महंगो पर्ने शर्माको भनाइ छ । महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई मध्यावधि निर्वाचन निर्मम उपहार भएको शर्माले बताएका छन् । यो कदमलाई शर्माले इतिहासको नयाँ कोतपर्वको संज्ञा दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस