जेठ ८, काठमाण्डौ । नेकपा माओवादी अध्यक्ष प्रचण्डले शनिबार एक विज्ञप्ति जारी गर्दै मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै घोर विरोध तथा भर्त्सना गरेका छन् । उनले यो कदम सह्य नभएको र पुनस्थापना हुने आशा ब्यक्त गरेका छन् ।