विद्यार्थी संगठन संसद विघटनविरुद्ध आन्दोलित, मन्त्रीका गाडी चल्न नदिने !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ८, शनिबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठन संसद विघटनविरुद्ध आन्दोलित हुने भएका छन् । शनिबार माओदी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ र नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुले कोरोना महामारी र निशेधाज्ञाकाबीच स्वास्थ्य सतर्क अपनाउदै आन्दोलित हुने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । विरोधका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायत छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस