संसद विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १४, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाडौं । संसद् विघटनविरुद्धको रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीशमध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्था छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा शुक्रवारबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस