‘तत्काल लिपुलेकका जनतालाई मतदानको अधिकार छैन’ : पिएम ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १५, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकका जनतालाई नेपालका तर्फबाट मतदान गर्ने अधिकार नभएको बताएका छन् । बिहीबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया कार्यक्रममा चिनियाँ मिडियाका एकजना पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनताले आगामी निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् ? भनी प्रश्न सोधेका थिए।

उक्त प्रश्नको जवाफमा ओलीले ५८ वर्षदेखि उक्त क्षेत्र भारतले नियन्त्रणमा राखिरहेको भन्दै जबसम्म भारतले छाड्दैन तबसम्म त्यहाँ नेपालका तर्फबाट मतदान सम्भव नभएको जवाफ दिए । उनले यो विषयलाई अतिरञ्जिन नबनाउन समेत आग्रह गरेका थिए । पत्रकार सम्मेलनमा ओलीले कालापानीको समस्या कुटनीतिक माध्यमले समाधान गर्न लागिरहेको समेत बताए । उनले उक्त भूमि नेपालकै रहेकोमा प्रष्ट रहेको समेत बताए । लोकपाटीबाट साभार गरिएको हो ।

ओलीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना भाइरसको अवस्थाबारे जानकारी दिएका दिएका थिए। ओलीले चुनाव घोषणाको बचाऊ गरे । उनले मिडियामा पूर्वाग्रही खबर आइरहेको आरोप समेत लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस