पार्टी बिभाजनको लागी फेरि अध्यादेश ल्याउन महन्थ ठाकुरको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १७, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ १७,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको विवाद निदान नभएसम्म महन्थ ठाकुर पक्ष सरकारमा नजाने भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीको विवाद समाधानका लागि सहयोग पुर्याउनका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जारी बैठकमा अध्यक्ष ठाकुरले पार्टी विवादकै बीचमा सरकारमा सहभागी भयो भने झन विवाद बढ्ने भएकाले त्यसलाई चाँडै टुंगो लगाएर मात्र सहभागी हुने स्पष्ट पारेका छन् ।

त्यसका लागि केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनेले मात्र पार्टीको आधिकारिकता पाउने राजनीतिक दल सम्बन्धी ऐनलाई संशोधनका लागि आग्रह गरेको स्रोतले जनाएको छ । अध्यक्ष ठाकुरसँग केन्द्रीय समिति तथा कार्यकारिणी समितिमा ४० प्रतिशत बहुमत पुग्दैन । त्यो बहुमत नपुगेको कारण पार्टी अलग गर्न नसकिरहेको कुरा प्रधानमन्त्री ओलीसमक्ष राखेको बताइएको छ ।

ऐन संशोधनदेखि लिएर अन्य के सहयोग हुन सक्छ, त्यसमा सहयोग गर्न आग्रह गरिएको स्रोतले जनाएको छ । सरकारमा सहभागी भए पार्टीको सदस्य स्वतः रद्द हुने निर्णय कार्यकारिणी समितिको बैठकले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस