जेठ १८, काठमाडौ । संवैधानिक इजलास विवाद निरुपण नभएपछि इजलास नै बहिष्कार गर्नेसम्मको तयारीमा अघि बढेका सर्वोच्च अदालतका १० जना वरिष्ठ न्यायाधीशहरुले यसका लागि मंगलबारसम्म पर्खने निष्कर्श निकालेका छन् । सोमबार सर्वोच्च अदालतमै भएको छलफलपछि यस्तो निष्कर्श निकालेको एक न्यायाधीशले बताए ।