माधव नेपालको पार्टी समाजवादको नयाँ मोडेल खोज्नेतिर गइराखेको छ: भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ३, बिहिबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भदौ ३, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताएका छन् । नेकपा एमाले छाडेका माधव नेपालले नेकपा एमाले समाजवादी पार्टी गठन गर्नुले त्यसको संकेत गरेको भट्टराईको भनाइ छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले एमाले समाजवादी भनेर फेरि अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ । त्यो अबको आवश्यकता हो ।’

उनले त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने पनि बताए । त्यसो गर्न सकिए नेपालले विश्वलाई नयाँ विचार दिन सक्ने डा. भट्टराईको भनाइ छ ।

‘हामी ७० आसपासकाले धेरै गर्न त नसकौंला तर युवा पुस्ता आएको छ, त्यसलाई नयाँ बाटो देखाइदिने आँट गर्ने हो भने नेपालले फेरि एकचोटी विश्वलाई नयाँ विचार र ज्ञान दिन सक्छ,’ भट्टराईले भने ।

उनले भने, ‘एउटा बाघ बुढो भए पनि घाँस खाँदैन भनेझैं हामीले घाँस खान हुँदैन । घाँस नखाइकन हामीले हाम्रो ब्रह्मलाई केन्द्रमा ल्याएर सोच्यौं भने एउटा निकास दिन सक्छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस