पीपीएल क्रिकेट : पोखरा पल्टनको सुखद सुरुवात !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक ९, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कार्तिक ९,काठमाडौँ । विनोद भण्डारीको विस्फोटक ब्याटिङको मदतमा पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा सुखद सुरुवात गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको उद्घाटन aखेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो ।
१९८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो ।

विराटनगरको सुरुवाती समयमै विकेट गुमाएको थियो । १७ रन हुदा पहिलो विकेटको रुपमा सुनिल धमलालाई गुमाएको विराटनगरले दोस्रो विकेटको रुपमा प्रदीप ऐरीलाई गुमाएको थियो । विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३०–३० रन बनाए । त्यस्तै, सन्दीप लामिछानेले अविजित १४ रन बनाए ।

त्यस्तै एन्ड्रव सुविकसानले १४, सुनिल धमलाले ११, प्रदीप ऐरी र जितेन्द्र ढकुरीले समान १०(१० रन बनाए । बलिङतर्फ ललितनारायण राजवंशीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९७ रन बनाएको थियो ।

पोखराका लागि आशिफ शेखले ५२, रवि इन्दर सिंहले ४४ र विनोद भण्डारीले अविजित ४१ रन बनाए । विनोदले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ५ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, कुशल भुर्तेलले ३८ रन बनाए । सन्दीप लामिछानेले २ विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस