एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पायो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र १७, बिहिबार (३ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

भदौ १७, काठमाडौं। नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको छ ।

संघीय संसद सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा दलको कार्यालय राखिएको छ । संसद सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले यही भदौ नौ गते मान्यता दिएको थियो ।

एकीकृत समाजवादीको संसदीय दलको कार्यालय टुंगो लागे पनि पार्टीको केन्द्रीय कार्यालय भने अझै टुंगो लागेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस