साउन ३१,काठमाडौँ । नेपाल राष्ट्र बैङकका गर्भनर डाक्टर चिरञ्जीवी नेपालले नेपालमा अब आर्थिक बृद्धि कसैले रोक्न नसक्ने बताएका छन ।
ग्रामिण विकास लघुबित्त वित्तीय संस्थाको बुटवलमा भएको चौंथो वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर नेपालले गएको दुई वर्षदेखि सुरु भएको आर्थिक वृद्धिलाई कसैले रोक्न नसक्ने बताएका छन ।
९८ प्रतिशत भूभागमा समय मै धान खेती भएकाले १.५ देखि २ प्रतिशतसम्म योगदान धानवाली हुने बताउँदै ८ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्न कुनै समस्या नभएको बताए ।
नेपाल सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य लिएको छ । उनले प्रविधिमैत्री सेवा प्रवाह गर्न वित्तीय संस्थाहरुलाई निर्देशन दिए ।